१८ बैशाख २०८१, मंगलबार

यो पटक काठमाडौंको मेयरमा उठ्दिन : रञ्जु दर्शना


रन्जु दर्शना File Photo

काठमाडौं । रञ्जु दर्शनाले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी नदिने बताएकी छन् । विवेकशील साझा पार्टीमा विवाद चर्किएपछि पार्टीबाट अलग भएको घोषणा गरेकी रञ्जुले राजनीतिक यात्रा भने जारी राख्ने बताएकी छन् ।

दर्शनाले २०७४ को चुनावमा पनि उनले २३ हजार ४३९ मत पाएकी थिइन् । “म आफैंले अघिल्लो पटकको स्थानिय निर्वाचनमा गरेको वाचा, घर घर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफुले मेयर पदको आकांक्षा राखि चुनाबमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समिक्षा गरेको छु । यस स्थानिय निर्वाचनमा रन्जुको उम्मेदवारी रहने छैन ।”, उनले भनेकी छन् ।

दर्शनाले भनेकी छन्, “मस्कार सम्पूर्ण आम मतदाता तथा मेरा साथी, शुभचिन्तकहरू,
तपाइहरूको साथ र वैकल्पिक राजनीति प्रतिको अपेक्षा एवम् विश्वासले मलाई आफ्नै कटु समिक्षा र मूल्याङ्कन गर्न प्रेरित गरेको छ । सबैभन्दा कठिन पनि आफ्नै समिक्षा गर्ने काम रहेछ तर म सत्यमा विश्वास गर्छु र मूल्यमान्यतामा आधारित राजनीति र जिवन दर्शन अप्नाउँछु त्यसैले पनि यो पत्र, यो सन्देश सबैले पढ्न जरूरी छ ।

म, मेरो टिम समाज द्वारा अपेक्षा गरिएको व्यक्तिहरू मध्येमा पर्छौँ भन्ने कुराको मनमा हेक्का छ त्यसैले निष्ठा र भरोसाको राजनीति नै अघि बढाउनुपर्छ । जे यथार्थ हो त्यसलाई स्विकार गर्ने पुरुषार्थ समेत हुनुपर्दछ र म त्यहि मात्र गर्दैछु ।

“म आफैँले अघिल्लो पटकको स्थानिय निर्वाचनमा गरेको वाचा, घर घर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफुले मेयर पदको आकांक्षा राखि चुनाबमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समिक्षा गरेको छु तसर्थ यस स्थानिय निर्वाचनमा रन्जुको उम्मेदवारी रहने छैन। तर, मैले हालको स्थानीय निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय गरिरहँदा धेरैजनाले रन्जु दर्शनाले राजनीति छोडेको भनेर आंकलन गर्नुहुन्छ होला। यो साँचो होइन! स्थानीय तहको राजनीतिमा समुदाय, स्थानीय सँग निकटको सम्बन्ध हुनैपर्छ । मेरो सक्रियता राष्ट्रीय मुद्दा, विषय, पार्टीको राजनीतिमा बढि व्यतित भएको छ यसर्थ यिनै सक्रियता अनुसारको कदममा म अघि बढ्ने छु।”

मैले सुरु गरेको राजनीतिमा चुनाबमा बढि मत लेराएर बिजय हासिल गरेर मात्र हुँदैन; यो राजनीतिमा त राजनीतिक सु-संस्कार स्थापना गर्ने कुरामा म विश्वास गर्दछु, र त्येही मान्यतामा मेरो यो कदम आधारित छ। धेरै शुभचिन्तक, साथीहरुले यस स्थानिय निर्वाचनमा उठनुस् भनिरहनु भएता पनि म यो यथार्थ र परिस्थितिलाई खुल्ला मनले स्विकार गरि पूर्ण ससक्त रुपमा राजनीतिक यात्रा अघि बढाउने घोषणा गर्दछु।
धन्यवाद एवम् स्नेह सहित
तपाईहरुको आफ्नै,
– रन्जु दर्शना”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !