१२ श्रावण २०८१, शनिबार

मेयरमा सिफारिस नभएपछि कांग्रेस पूर्वक्षेत्रीय सभापतिले दिए राजीनामा


कांग्रेस

बुटवल । सत्तारुढ दल नेपाली कांग्रेसले रूपन्देहीका पूर्वक्षेत्रीय सभापति मातृका यादवको नाम मेयरमा सिफारिस नभएपछि पार्टीबाट राजीनामा दिएका छन् ।

सिद्धार्थ नगरपालिकाको मेयरका आकांक्षी रहेका यादवको नाम सिफारिस नभएपछि उनले राजीनामा दिएका हुन् ।

कांग्रेस महाधिवेशनमा क्षेत्रीय सभापतिमा दोस्रो कार्यकालका लागि उनी उम्मेदवारी दिएर पराजित भएका थिए । कांग्रेसले सिद्धार्थ नगरको मेयरका लागि इस्तियाक अहमदको नाम सिफारिस गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !