१३ बैशाख २०८१, बिहिबार

जनप्रतिनिधिले राजीनामा नदिए उम्मेदवारी खारेज हुन सक्ने आयोगको चेतावनी


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने जनप्रतिनिधिले राजीनामा नदिए उम्मेदवारी स्वीकृत गर्न नमिल्ने बताएको छ । आयोगले उम्मेदवारी दिने जनप्रतिनिधिले राजीनामा नदिए खारेज हुन सक्ने समेत चेतावनी दिएको छ ।

आयोगले बहालवाला कुनै जनप्रतिनिधिले उम्मेदवारी दिएमा र ऊ विरुद्ध उजुरी परेमा उम्मेदवारी बदर हुनसक्ने चेतावनी दिएको छ । निर्वाचन आयोगले निवेदनमा भनेको छ, “स्थानीय तहको कुनै पदमा निर्वाचित वा मनोनित कुनै पदाधिकारीलाई सो पदमा वहाल रहँदासम्म लाभको पद धारण गरेको होइन भनी निजको मनोनयनपत्र स्वीकृत गर्न मिल्ने कानुनी आधारसमेत छैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !