१४ बैशाख २०८१, शुक्रबार

सत्ता गठबन्धनको अनौपचारिक बैठक सकियो, संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय


सत्ता गठबन्धन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउसो चुनावी तालमेलबारे छलफल गर्न बसेको गठबन्धनको बैठक केही समयअघि सकिएको हो ।

स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बोलाएको गठबन्धनको बैठक बोलाएका थिए । गठबन्धनले स्थानीय निर्वाचनका लागि गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।

आजको बैठक अनौपचारिक भएकोले रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिले निर्वाचनका सन्दर्भमा संयुक्त विज्ञप्ति जारी गर्नेबारे कुरा गरेर बैठक सकिएको हो । आज बसेको बैठकमा चुनावी तालमेलबारे सैद्धान्तिक छलफल पनि भएको थियो ।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचनबारे छलफलमा गरेका हुन् ।

बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनावी तालमेलमा अहिलेसम्म भएका प्रगतिबारे समेत जानकारी गराएका थिए । यसअघि चैत्र २२ गते मंगलबार गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बसेको बैठकले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !