११ श्रावण २०८१, शुक्रबार

देउवाद्वारा श्रीमतिसहित निर्वाचन घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनित


शेरबहादुर देउवा र डा. आरजु राणा देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’ मा २८ सदस्य मनोनित गरेका छन् ।

उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको समितिमा आज सदस्य मनोनित गरेका हुन् ।

समितिको सदस्यमा डा. आरजु राणा देउवा, मधु आचार्य, प्रा. डा. गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुङ्गाना, दिलीपप्रताप खाँण, वंशलाल तामाङ, विजयशङ्कर यादव, उमा थापा मगर मनोनित भएका पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी समितिको सदस्यमा भुपेन्द्र राई, ममता महतो, डा. जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, जगदीश भट्टराई, प्रताप पौडेल, शङ्कर तिवारी, पुरुषोत्तम नेपाल, डा. इन्द्रा अधिकारी, डा. अभिमन्यु सिंह, डा. बुद्धिमान श्रेष्ठ, मनिष झा, जिमी लामा र शिलशिला आचार्य मनोनित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !