२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री बिहीबार तनहुँ आउने


शेरबहादुर देउवा

दमौली । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन तनहुँ आउने भएका छन् ।

प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका-१, झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षणपश्चात् प्रधानमन्त्री देउवाले निर्देशन दिने कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री देउवा नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । लगत्तै उनले तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा सुरु हुने आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रजिअ अर्यालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !