१२ श्रावण २०८१, शनिबार

उपभोक्ता अधिकारकर्मीलाई गृहमन्त्री खाँणको आग्रह : एमसीसीको पक्षमा बोल्नुहोस्


गृहमन्त्री बालकृष्ण खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले उपभोक्ता अधिकारकर्मीलाई एमसीसीको पक्षमा बोलिदिन आग्रह गरेका छन् । गृहमन्त्री खाँणले उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएको समेत बताए ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् । गृहमन्त्री खाँणले एमसीसी परियोजना घरघरमा विजुली पुर्‍याउनका लागि ट्रान्समिसन लाईन बनाउने परियोजना भएको बताए । गृहमन्त्री खाँणले त्यसमा कसरी राष्ट्रघात भयो भनि प्रश्न समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !