१३ बैशाख २०८१, बिहिबार

एमसीसी पार्टीबाट फेल भए अध्यक्षवाट राजीनामा दिने प्रचण्डको घोषणा


प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता आफ्नो पार्टीबाट फेल भए राजीनामा दिने घोषणा गरेका छन् ।

पार्टीको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै एमसीसीबारे पार्टीभित्र चुनावपछि छलफल हुने र यो बैठकबाट फेल भए आफूले नैतिकताका आधारमा अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताउदै उनले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु