![झलनाथ खनाल](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/jhalanath-khanal1245.jpg?fit=768%2C503&ssl=1)
काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले संसदबाट पारित भएको एमसीसी अब चुनावपछि मात्रै बहसमा ल्याउन अनुरोध गरेका छन् ।
पुर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले आगामी चुनावमा कांग्रेससँगको गठबन्धनका विषयमा टुंगो लागिनसकेको बताउँदै अहिले कांग्रेसभित्र दुई धार रहेको बताएका छन् । आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।