११ श्रावण २०८१, शुक्रबार

अर्थमन्त्री शर्माद्वारा संसदमा एमसीसी छलफलका लागि पेश


जनार्दन शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता प्रतिनिधिसभावाट पारित गर्न छलफलका लागि पेश गरेका छन् ।

सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले एमसिसी सम्झौता व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेपछि बसेको कार्यव्यवस्ता परामर्श समितिको बैठकले एमसीसी सम्झौता कार्यसूचीमा समावेश गरेको थियो ।

आज प्रतिनिधिसभाका दुई वटा बैठक राखेर सरकारले एमसीसी अनुमोदन गर्ने तयारी गरेको हो । पहिलो बैठकमा एमसीसी छलफलका लागि पेश गर्ने र दोस्रो बैठकले अनुमोदन गर्ने रणनीति सरकारले अवलम्वन गरेको हो ।

प्रतिनिधिसभाको आज जारी बैठकमा एमसिसी सम्झौतामा सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ । संघीय संसद सचिवालयले जारी गरेको आजको बैठकको कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीको दोस्रो नम्वरमा उल्लेख गरिएको छ । आज बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !