६ बैशाख २०८१, बिहिबार

संसद बैठक आज बस्दै : एमसीसी छलफलका लागि पेश गरिने


संसद भवन नयाँ वानेश्वर

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छलफलका लागि पेश गरिने भएको छ ।

संघीय संसद सचिवालयले हिजो बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा आज बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ । यस्तै आजको कार्यसूचीको पहिलो बुँदामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ ।

यसअघि गत आइतबारको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता संसदमा टेवुल गरेका थिए । सो दिन अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए ।

प्रतिनिधिसभाको बैठकअघि आज बिहान ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन् । यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अनुपस्थिति हुँदै आएको छ ।

यस्तो छ हेर्नुहोस् आजको प्रतिनिधिसभाको सम्भावित कार्यसूची

संसदको कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !