२१ बैशाख २०८१, शुक्रबार

संसदको कार्यसूची सार्वजनिक : अर्थमन्त्रीले एमसीसी छलफलका लागि प्रस्ताव गर्ने


संसदमा एमसिसी टेवुल

काठमाडौं । प्रतिनिधिसभाको भोलि बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । भोलि बस्ने संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने भएका हुन् ।

यसअघि गत आइतबारको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता संसदमा टेवुल गरेका थिए । सो दिन अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए ।

आज बुधबार संसद् सचिवालयले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख गरिएको छ । प्रतिनिधिसभाको बैठक भोलि बिहीबार दिउँसो १ बजे बस्दैछ ।

प्रतिनिधिसभाको बैठकअघि बिहान ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन् । यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अनुपस्थिति हुँदै आएको छ । अव भोलिको एमाले बैठकमा उपस्थित हुन्छ वा हुँदैन त्यो भने प्रतिक्षा गर्नुपर्ने भएको छ ।

यस्तो छ हेर्नुहोस् भोलि बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची

संसदको कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !