४ बैशाख २०८१, मंगलबार

भीम रावललाई स्पष्टीकरण सोध्नु पर्छ : नेता बस्नेत


भीम रावल महेश बस्नेत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता महेश बस्नेतले नेता भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताएका छन् । पार्टीको निर्णयविपरीत संसदमा आफ्ना धारणा राखेको भन्दै नेता भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने नेता बस्नेतले बताएका छन् ।

मंगलबार एक पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। नेता बस्नेतले संसदको नियमविपरीत रावललाई बोल्न दिइएकोमा सभामुखसँग पनि आपत्ति जनाए ।

उनले भने, “शून्य समयमा सांसदले आफ्ना धारणा राख्न पाइने व्यवस्थाविपरीत सभामुखले भीम रावललाई बोल्न दिएका छन् । यो आपत्तिको विषय हो, रावलले पनि पार्टीको निर्णय विपरित संसदमा बोलेका छन् । उहाँलाई स्पष्टीकरण सोधिनु पर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु