८ बैशाख २०८१, शनिबार

संसद बैठकको आजको कार्यसूचीमा एमसीसी राख्ने निर्णय


कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राख्ने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रमुख प्रतिपक्ष दल एमालेको अनुपस्थितमा सो निर्णय गरेको हो । सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले भने अनुपस्थित हुँदै आएको छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी आज बस्ने प्रतिनिधिसभाको बैठकमा टेवुल गर्न सहमति भएको थियो । सत्ता गठबन्धनमा सहमति जुटेसँगै कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी टेबल गर्ने लगायत कार्यसूची तय गरेको हो ।

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा एमसीसी संसद्मा टेबल गर्ने सहमति जुटेसंगै प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो बस्न लागेको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेका हुन् ।

यद्यपि नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र सांसदहरु जयपुरी घर्ती र रेखा शर्माले उक्त निर्णयमा नोट अफ डिसेन्ट लेखेका छन् ।

यस्तो छ हेनुहोस् माओवादीका ३ जना सांसदले लेखेको नोट अफ डिसेन्ट

नोट अफ डिसेन्ट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !