१२ श्रावण २०८१, शनिबार

केपी ओली सिंह भएकोले जहाँ बसेपनि त्यही सिंहदरवार हुन्छ : महेश बस्नेत


महेश बस्नेत

भक्तपुर । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले पार्टी अध्यक्ष केपी ओली नेपाली राजनीति तथा विकास र समृद्धिको सिंह भएकाले सिंह जहाँ बस्यो त्यही सिंहदरवार हुने बताएका छन् । सूर्यविनायक नगरपालिका-८ स्थित नवनिर्मित सूर्यविनायक नगर अस्पतालको उद्घाटन तथा सेवा प्रारम्भ कार्यक्रममा बोल्दै नेता बस्नेतले मुलुकको राजनीति केपी ओली वरिपरि घुमिरहेको उल्लेख गरे ।

नेता बस्नेतले हिजो वालुवाटारबाट बालकोटको बार्दलीमा पुर्यायौं भन्दै आलोचना गर्नेहरु अहिले मुलुकको संकट समाधानको लागि बालकोट नै धाउन थालेको बताए । अध्यक्ष ओलीलाई परमादेशबाट हटाई पाँच दलीय गठबन्धनले बालकोटको बार्दलीमा पुर्याएको भन्दै आलोचना गरेका थिए ।

सोही कुरालाई लक्षित गर्दै नेता बस्नेतले केपी ओली नेपाली राजनीति र मुलुकको मियो भएको उनको दावी थियो । शेरबहादुर देउवा, पुष्पमकल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाललाई लक्षित गर्दै नेता बस्नेतले तीन मुखे वर्माहरुले गर्दा मुलुकको विकास नहुने दावी गरे ।

वर्तमान सरकारको काम केपी ओली नेतृत्वको सरकारले जारी गरेको नेपालको नया चुच्चे नक्सालाई बुच्चे बनाएको उनले बताए । वर्तमान सरकारको गतिविधिले नेपाली जनता भोकमरीको अवस्थामा पुग्ने संकेत देखा परेको उल्लेख गर्दै उनले पछिल्लो समय केपी ओली नेतृत्वको सरकार जनताले खोजिरहेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चारमुखे भएको आरोप लगाउँदै उनले एमसीसीका मामलामा प्रचण्डले गरेको अपरिपक्व कदमका कारण समस्या भएको बताए । ओली नेतृत्वको सरकार तथा एमाले नेतृत्वको भक्तपुरको २०७४ देखी हालसम्मको समय स्वर्णिम युग भएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !