१३ बैशाख २०८१, बिहिबार

सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा तल्लिन : सचिव विष्ट


गोकर्ण विष्ट

काठमाडौं । एमालेका सचिव गोकर्ण विष्टले सरकारले आगामी बैशाखमा हुनुपर्ने स्थानीय तहको निर्वाचन टार्ने प्रपञ्च गरेको आरोप लगाएका छन् । सचिव विष्टले अविलम्ब निर्वाचन मिति घोषणा गर्न मागसमेतत गरेका छन् ।

नेता विष्टले र सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सरकारमा सामेल राजनीतिक पार्टीहरु संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा तल्लिन रहेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यतिबेला सरकारमा सामेल पार्टीहरु संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षड्यन्त्रमा तल्लिन छन् । निर्वाचन आयोगले आगामी बैशाख महिना भित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको छ । आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन । लोकतान्त्रिक अभ्यासबाट नभाग । संविधानको कार्यान्वयन गर । अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !