१२ असार २०८१, बुधबार

एमाले ललितपुर अध्यक्षमा आचार्य, सिन्धुलीमा कार्की


पुरुषोत्तम आचार्य

काठमाडौं । प्रमुख प्रतिपक्षीय दल एमाले ललितपुर जिल्लाको अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत रुपमा चयन भएका छन्।

शुक्रबारदेखि सुरु भएको एमाले ललितपुरको आठौँ जिल्ला अधिवेशन अन्तर्गत आजको बन्द सत्रमा अध्यक्ष मण्डलबाट आचार्यसहित १२० सदस्यीय कमिटीको नामावली निवर्तमान अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारले पढेर सुनाएका थिए ।

त्यस्तैगरी उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत, उपसचिवमा श्याम ब्यञ्जनकार र तारा सञ्जेल चयन भएको छ । सिन्धुली जिल्लाको अध्यक्षमा कुमारबहादुर कार्की विर्वाचित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !