२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीआह्वान गरेको सर्बदलिय बैठक मधेसी मोर्चाले बहिस्कार


प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बाहिस्कारले गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले मोर्चा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितको सर्वदलीय बैठक आजबिहानका लागि आह्वान गरे पनि मोर्चाले बैठकमा सहभागी नहुने जनाएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरका सहगोगी सतेन्द्र मिश्रका अनुसार मोर्चाले सरकारले गरेको सर्बदलिय बैठक बहिस्कार गरेको सरकारलाई जानकारी गराइसकिएको छ ।

मधेसी दलले संविधान संशोधनका विषयमा माग राखी आन्दोलन गरिरहेको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान १०ः३० बजे हुने बताइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !