८ बैशाख २०८१, शनिबार

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिंदै


राजेन्द्र राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिंदै छन् । आज बस्ने प्रदेश १ को प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

यसअघि हिजो प्रदेश १ काे प्रदेशसभा बैठक शुरु हुनासाथ स्थगित भएकाे थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदरू अनुपस्थित भएपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक आज साढे ११ बजे बस्ने गरी स्थगित गरेका थिए ।

हिजो बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासकाे मत लिने कार्यसूची रहेकोमा बैठक स्थगित भएर मुख्यमन्त्री राईले आज विश्वासकाे मत लिन लागेका हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले हिजो आह्वान गरेकाे नेपाल बन्दका कारण सांसदहरू आउन नसक्ने भन्दै एमालेले बैठक स्थगित गर्न माग गरेकाे थियाे ।

स्थगित नभएमा आफ्ना सांसद बैठकमा सहभागी नहुने समेत एमालेले सचेत गराएको थियाे । यद्यपि एमालेकाे उक्त मागविपरीत प्रदेशसभाकाे बैठक बसेतापनि प्रतिपक्षी सांसद अनुपस्थित भएपछि सभामुख भण्डारीले बैठक स्थगित गरेका थिए ।

बैठकअघि बसेकाे कार्य व्यवस्था परामर्श समितिकाे बैठकमा एमालेले हिजोकाे बैठक स्थगित गर्न माग गरेकाे हाे । एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आज बैठक बसे एमाले सहभागी नहुने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !