१४ बैशाख २०८१, शुक्रबार

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिंदै


राजेन्द्र राई

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिंदैछन् । आज प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको बस्ने पाँचौँ बैठकबाट मुख्यमन्त्री राईले विश्वासको मत लिने भएका हुन् ।

प्रदेश १ को प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले यसअघि कात्तिक २३ गतेका लागि प्रदेशसभा बैठक बोलाएतापनि बिजनेस नभएपछि बैठक आज कात्तिक ३० गते दिउँसो १२ः३० बजेसम्मका लागि स्थगित गरेका थिए ।

उनले आइतबार दिउँसो विश्वासको मतसम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराएका थिए । सरकारमा सहभागी पाँच दलले मुख्यमन्त्री राईलाई विश्वासको मत दिन हिजो (सोमबार) ह्विप जारी गरिसकेका छन् ।

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारमा सहभागी दलहरूले मुख्यमन्त्री राजेन्द्र राईको पक्षमा मतदान लागि ह्विप जारी गरेको बताए ।

गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) को प्रदेश १ का संसदीय दलका नेता राई मुख्यमन्त्री नियुक्त भएका थिए । आज विश्वासको मत लिएपछि सरकार विस्तारको काम गर्ने उनको तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !