२३ बैशाख २०८१, आइतबार

विप्लव समूहद्वारा बन्दसहित आन्दोलनका कार्यक्रम घोषणा


विप्लव

काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बन्दसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले आज एक वक्तव्य जारी गर्दै देश व्यापी विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।

सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यबृद्धि गरेको भन्दै विप्लव समूहले बन्दसहित देशव्यापी आन्दोलनको घोषणा गरेको हो । यसरी विप्लव समूहले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो ।

घोषणा गरिएको कार्यक्रम अनुसार आज २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन गर्ने, भोलि २६ गते प्रचार/प्रसार र साँझ मशाल जुलुस निकाल्ने, पर्सी २७ गते दिउँसो १ देखि २ बजेसम्म १ घण्टा देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गते दिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ । साथै अन्तिम दिन ३० गते नेपाल बन्द गर्ने कार्यक्रम तय भएको उक्त वक्तव्यमा उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !