७ बैशाख २०८१, शुक्रबार

हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज गुडाउँछौँ: प्रधानमन्त्री


kp oli

प्रधानमन्त्रीकेपी शर्मा ओलीले आगामी आवमा आर्थिक वृद्धिदर ६.५ प्रतिशत बढाइने बताएका छन् ।

मङ्गलबार अखिल नेपाल महिला सङ्घको राष्ट्रिय परिषद्को प्रथम बैठक यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी आवदेखि देश समृद्धि र विकासतर्फ प्रस्थान गर्ने र बजेटले विकासका धेरै बाटालाई सार्ने बताए । ‘‘अब नेपाललाई अगाडि बढ्न कसैले रोक्न सक्दैन’’ उनले भने, ‘‘स्वाभिमान, समृद्ध र विकसित रुपमा नेपाल अगाडि बढ्छ ।’’

प्रधानमन्त्री ओलीले रोजगारीका अवसर तलदेखि नै सुरु गरिने र त्यस क्रममा गाउँ गाउँमा एकै पटक लाखौँ मानिसलाई रोजगारी दिइने जानकारी दिए ।

उनले सामान ढुवानी गर्न नयाँ नाका खोलिने बताउँदै केही समयपछि सरकारले बन्दरगाह आफैँ लिने र सञ्चालन गर्ने पनि जानकारी गराए । ‘‘हामी आफैँ पानीजहाज किन्छौँ र तीन दिनमा सामान नेपाल भित्र ल्याउँछौँ’’, उनले भने, ‘‘हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज गुड्ने छन् ।’’

नेकपा(एमाले)का अध्यक्ष ओलीले पुनःनिर्माणको काम दु्रत गतिमा बढेको बताउँदै सरकारले यही जेठ ७ गतेदेखि १५ दिनसम्म स्वयम्सेवक परिचालन गर्ने जानकारी गराए ।

परिषद् बैठकमा देशभरिका २०० भन्दा बढी महिलाको सहभागिता छ । बैठक बुधबारसम्म चल्ने छ । रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !