१४ बैशाख २०८१, शुक्रबार

संसदको अधिवेशन साउन ३ गते बोलाउन मन्त्रिपरिषद्को सिफारिस


मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौँ । सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ । आज बिहीबार दिउसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन परमादेश जारी गरेकोले सोहीअनुसार सरकारले साउन ३ गते संसदका दुबै सदनको बैठक बोलाउन सिफारिस गरेको हो ।

असार २८ गते सर्वोच्च काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधिसभा विघटन बदर गरेर बैठक बोलाउन परमादेश जारी गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !