८ जेष्ठ २०८१, मंगलबार

राष्ट्रपति भण्डारीको भारत भ्रमण रद्द , राजदूत दीपकुमार उपाध्याय बर्खास्त


Bidhya-Bhandari

काठमाडौँ : राष्ट्रपति विद्या देवी भण्डारीको अर्को सातादेखि हुने पहिलो औपचारिक भ्रमणका लागि तयारी लगभग पूरा भइसकेको थियो।
तर बुधबार र बिहीबारका ४८ घण्टाले राष्ट्रिय राजनीतिमा तरङ ल्याइदियो। ढलिसकेको केपी ओलीको सरकार जसोतसो जोगियो।

बिहीबार प्रचण्डसँग ९ बुँदे सहमति गरेर आयु लम्ब्याएको भोलिपल्ट सरकारले राष्ट्रपतिको आसन्न भ्रमण रद्द गरिदियो। त्यसो त राष्ट्रपतिको भ्रमणलाई मन्त्रिपरिषद्ले पास गरिसकेको थिएन तर पनि राष्ट्रपतिले नै मिति सार्वजनिक गरिसकेकी थिइन्।

उता भारतमा पनि भ्रमणको तयारी लगभग पूरा भइसकेकोथ थियो। भ्रमणमा क्रममा हुन लागेका सहमतिहरुको लिस्ट बनिसकेको थियो।

परराष्ट्र सचिव शंकरदास बैरागीले भारतीय राजदूत रणजीत रायलाई फोन गरेर राष्ट्रपतिको भ्रमण रद्द भएको जानकारी दिए। यो खबर दिल्लीमा रहेका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पछि मात्रै भए।

अकस्मात् भ्रमण रद्द भएको खबर थाहा पाएपछि राजदूत उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गर्दै यहाँ सबै तयारी भइरहेको थियो, मलाई त भ्रमण रद्दबारे केही पनि जानकारी छैन भनेर असन्तुष्टि व्यक्त गरेका थिए।

‘त्यसो हो भने छाडेर आए भयो नि, के ठूला कुरा गर्नुहुन्छ,’ उपाध्यायसँग पहिलेदेखि नै असन्तुष्ट रहेका प्रम ओलीले पनि जवाफ फर्काए।

प्रधानमन्त्रीको नकारात्मक जवाफ पाएलगत्तै राजदूत उपाध्यायले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरे। नेपाली कांग्रेस टुक्रँदा पनि उपाध्याय देउवाकै नेपाली कांग्रेस प्रजातान्त्रिकमा थिए।

तर देउवाले फोन उठाएनन्। उनले देउवा निकट विमलेन्द्र निधिलाई फोन गरी घटनाबारे जानकारी गराउँदै यस्तो भयो, संभवतः राजीनामा दिएर आउँछु होला भने।

तर राजीनामा दिन नपाउँदै उनलाई सरकार ढाल्न लागिपरेको लगायतका तीन गम्भीर आरोप लगाएर परराष्ट्र मन्त्रालयले बर्खास्त गरेको खबर आयो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !