२० बैशाख २०८१, बिहिबार

वैधता नरहेको बैठकमा कसैलाई बोलाउनु वा नबोलाउनुको अर्थ छैन : गोकर्ण विष्ट


गोकर्ण विष्ट

काठमाडौँ । नेकपा एमालेको बैठक बालुवाटारमा बस्दैछ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल सहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ ।

माधव नेपाल निकट नेता गोकर्ण विष्टले वैधता नरहेको बैठकमा कसैलाई बोलाउनु वा नबोलाउनुको अर्थ नरहने बताएका छन् । ‘एमालेको नवौं महाधिवेशनबाट पारित विधानले महाधिवेशनबाट छानिएको कमिटी मात्रै चिन्दछ । आयोजक कमिटीको कुनै वैधता छैन’ माधव नेपाल निकट नेता विष्ट भन्छन् ।

वैधता नरहेको कमिटीको बैठकबारे थप प्रतिक्रियाको आवश्यकता नरहेको पनि उनले बताए । गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !