प्रहरीमा मेरो कुनै हस्तक्षेप हुदैन, सरुवा बढुवाका लागि मकहाँ नआउनू : गृहमन्त्री पौडेल Nepalpatra प्रहरीमा मेरो कुनै हस्तक्षेप हुदैन, सरुवा बढुवाका लागि मकहाँ नआउनू : गृहमन्त्री पौडेल
११ आश्विन २०७९, मंगलबार

प्रहरीमा मेरो कुनै हस्तक्षेप हुदैन, सरुवा बढुवाका लागि मकहाँ नआउनू : गृहमन्त्री पौडेल

सुरक्षा निकायलाई गृहमन्त्री पौडेलको निर्देशन


विष्णु पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले दबाब र प्रभावबिना काम गर्न गृह मन्त्रालय मातहतका कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिएको छन् । गृहमन्त्रीको रूपमा आज पदभार ग्रहण गरेपछि आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रहरी र गृह प्रशासनमा आफूबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै जिम्मेवारी कर्तव्यनिष्ठ भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिए ।

आफू फरक खालको व्यक्ति भएको जानकारी गराउँदै उनले हरेक व्यक्ति आ-आफ्नो जिम्मेवारी सम्पादन गर्न सबै स्वतन्त्र हुने बताए । उनले जिम्मेवारी अनुसार आफूलाई नतिजा भने चाहिने समेत उल्लेख गर्रे । गृहमन्त्री पौडेलले भने, “नतिजाप्रति जिम्मेवार भएर यहाँहरूले काम गर्नुपर्छ भन्ने मान्यता म राख्छु”, गृहमन्त्रीले भने ।

उनले बढुवा, सरुवा, थमौती र स्वदेश, विदेश पठाउनका निम्ति मातहतका आफूकहाँ नआउन मातहतका कर्मचारीलाई भने । उनले सरकारबाट गर्नुपर्ने काममा कुनै कमि नहुने र मन्त्रीका हैसियतमा गर्ने निर्णयमा आफू जिम्मेवार रहेको पनि बताए ।

गृहमन्त्री पौडेलले राजनीतिक परिस्थितिको प्रभाव सुरक्षा निकायमा र गृह प्रशासनमा पर्न नहुनेमा जोड दिए । उनले शान्ति सुरक्षा, मानिसको जीउधनको रक्षा गर्ने सवालमा जिम्मेवारीपूर्वक काम गर्न पनि निर्देशन दिए । उनले राजनीतिक परिस्थितिबाट गृह प्रशासन अलग हुनुपर्नेमा जोड दिए ।

गृह प्रवक्ता जनकराज दाहालका अनुसार गृहमन्त्री पौडेलले काम छिटो, छरितो र इमान्दारपूर्वक गर्न र सरकारको नीति, योजना व्यवहारमा कार्यान्वयन हुने गरी काम गर्न मातहतका निकायलाई निर्देश गरेका छन् ।

निर्देशनका क्रममा गृहमन्त्री पौडेलले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी जिम्मेवारी पूरा गर्न तथा परेका समस्याबारे खुलस्त राख्न समेत आग्रह गरेको प्रवक्ता दाहालले जानकारी दिए । “समग्रमा मन्त्रीज्यूको हौसला र उत्प्रेरणा दिने खालको निर्देशन थियो, पदीय जिम्मेवारी आआफ्नो हुन्छ तर जिम्मेवारी इमान्दारपूर्वक गर्न भन्नु भएको छ”, उनले थपे ।

उपप्रधानमन्त्री पौडेलले गृह मन्त्रालय सहित अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालयको समेत कार्यभार सम्हालेका छन् । सर्बाेच्च अदालतको आदेशपछि गत वैशाख ३१ मा गठित मन्त्रिपरिषदमा प्रधानमन्त्री केपी शर्मा ओलीको यही असार १० को सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री पौडेललाई ती मन्त्रालयको समेत कार्यभार सम्हाल्ने गरी तोकेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !