११ बैशाख २०८१, मंगलबार

नेता बेदुराम भुसाल मन्त्री बन्ने सम्भावना


बेदुराम भुसाल फाइल फोटो

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्ति भएसंगै केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा छलफल जारी छ ।

ओलीले आफ्नो मन्त्रिमण्डलमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि समेट्ने तयारी गरेका छन् । विशेष स्रोतका अनुसार नेपाल समूहका नेता बेदुराम भुसाललाई मन्त्री बन्ने सम्भावना  रहेको छ । एक नेताका अनुसार भुसालसंगै अन्य नेपाल समूहका नेताहरुलाई मन्त्री बनाउने ओलीको तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !