१९ बैशाख २०८१, बुधबार

राष्ट्रियसभा सदस्य निर्वाचनमा तीन उम्मेदवारी दर्ता


काठमाडौँ । वाग्मती प्रदेशका रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि एक स्वतन्त्रसहित तीन जनाको उम्मेदवारी मनोनयनपत्र दर्ता भएको छ ।

आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रामबहादुर थापा र स्वतन्त्र डा खिमलाल देवकोटाले मनोनयनपत्र दर्ता गराएका हुन् ।

मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची आज नै प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय, हेटौंँडामा स्थापना गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !