७ बैशाख २०८१, शुक्रबार

नेपालको राजनीतिमा भारतीय नेताको यतिठुलो चलखेल: महन्थसँग होटलमा गोप्य वार्ता, के-के कुरा भयो ?


महन्थ ठाकुर

काठमाडौं । काठमाडौंमा भारतीय जनता पार्टीका एकजना सांसद सुटुक्कै आएर उतै फर्किएका छन् । स्रोतका अनुसार घोडेजात्राको दिन काठमाडौंमा उत्रिएका भाजपाका एकजना सांसदले जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुरसँग गोप्य भेटवार्ता गरेर चैत मसान्तकै दिन नयाँ दिल्ली फर्किएका हुन् ।

भारतीय जनता पार्टी, उत्तर प्रदेश, कानपुरका सांसद देवेन्द्र सिंह भोले आइतबार दिउँसो एअर इण्डियाको उडानबाट नेपाल आएका हुन् । उनले ठाकुरलाई आफू बसेको होटल र्याडिसनमा भेटेको स्रोतको भनाई छ । पासपोर्ट नम्बर डी (कूटनीतिक) ११३६७५३ बोकेका सिंहले ठाकुरसँग मंगलबार बिहान सवा ११ बजेदेखि झण्डै १२ बजेसम्म भेटेर कुराकानी भएको बताइएको छ ।

ठाकुरसँगको भेटलगत्तै भोले बा. २० च २५२ नं को सेतो स्कोर्पियोमा सवा १ बजे होटलबाट निस्केर सोझै विमानस्थल गएको स्रोतको भनाई छ । स्रोतका अनुसार भोले र ठाकुरबीचको वार्तामा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।यो समाचार हामीले दृष्टिवाट साभार गरिएको हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !