१२ श्रावण २०८१, शनिबार

वर्तमान सरकारमा सहभागी नहुने श्रेष्ठको दावी 


नारायणकाजी श्रेष्ठ

४ फागुन, काठमाण्डौ  । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी केपी ओली नेतृत्वको वर्तमान सरकारमा तत्काल कुनै पनि हालतमा सहभागी नहुने बताएका छन् । उनले भनेका छन्, ‘हामी सरकारमा जाँदैनौँ । हाम्रो प्राथमिकता भनेको पार्टी एकीकरण र देशको विकास हो ।’

माओवादीले एमालेको कार्यशैलीको विरोध गर्दै बिहीबार आफ्नो तर्फवाट मन्त्री पठाएका थिएन । माओवादीले प्याकेजमा सहमति गरेर सरकारमा सहभागी हुने अन्यथा सरकार बाहिर बसेर समर्थन गर्ने जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !