२० बैशाख २०८१, बिहिबार

काठमाडौँका धारामा मेलम्चीको पानी आएपछि शान्ता चौधरीले दिइन् यस्तो प्रतिक्रिया


शान्ता चौधरी

काठमाडौँ । सत्तारूढ दल नेकपा एमालेका सांसदहरूले सरकारले मुलुकको विकासका निम्ति चरणबद्ध उपलब्धिमूलक काम गरिरहेको भए पनि प्रतिपक्ष दलका सांसदको आँखामा फूलो परेर विरोधका लागि विरोध मात्रै गरिरहने परिपार्टी विकास भएको गुनासो गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरूले सरकारले गरेका अति महत्वपूर्ण काम नदेख्ने, विरोधका लागि मात्रै विरोध गर्ने परिपार्टी त्यागेर सरकारले गरेका राम्रा कामका पक्षमा पनि बोल्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद शान्ता चौधरीले सरकारले गरेका राम्रा कामको फलस्वरुप मुलुक कृषिमा आत्मनिर्भरतातर्फ उन्मुख, औद्योगिक ग्रामको स्थापना, सामाजिक सुरक्षा भत्ता र कोरोनाको खोपको सहज व्यवस्थापन गर्न सफल भएको भन्दै उनले सरकारलाई धन्यवाद दिइन् ।

चौधरीले सरकारले इतिहासमै ठूलो काम गरेको बताउदै विद्रोही शक्तिलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा प्रवेश गराएको उल्लेख गरिन् । उनले यही सरकारका कारण देशका सबै पालिकामा अस्पताल पुगेको, समाजिक सुरक्षा भत्ता बढाउँदै लगेको बताइन् । चौधरीले नेपालले कोरोना खोप अरु देश भन्दा पहिले ल्याएर लगाउन शुरु गरेको भन्दै सरकारलाई धन्यावाद दिइन् ।

चौधरीले भनिन्, ‘सभामुख महोदय, आज ३ दशकपछि मेलम्ची पानी काठमाडौंको शहरमा झरेको छ, सायद यसको पनि विरोध गर्नुहुन्छ होला केही मित्रले । देश सुरुङ मार्गमा प्रवेश गरेको छ, भूकम्पपछि हजारौं घर र सयौं भौतिक संरचना थपिएको छ । ७५० पुल बनेका छन्, तुइन विस्थापित भएको छ । सायद यसमा पनि विरोध गर्नुहुन्छ होला ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !