७ पुस २०८१, आइतबार

वाम गठवन्धनका शीर्ष नेताहरुको वीचमा दवावको सिर्जना : संघीय फोरम निर्णायक भूमिकामा


केपी शर्मा ओली प्रचण्ड र उपेन्द्र यादब

११ पुस, २०७४ l वाम गठबन्धनले दुईतिहाई  नजिक बहुमत पाए पनि सत्तारोहणमा संघीय फोरम निर्णायक देखिन थालेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले १६ सांसद रहेको यही पार्टी देखाउँदै एक-अर्कालाई दबाबमा राख्न खोजिरहेका छन् । ओलीले फोरम अध्यक्ष उपेन्द्र यादवसँग यसै विषयमा चरणबद्ध कुराकानी गरेको बालकोट र फोरम दुवै स्रोतले पुष्टि गरे। ओलीनिकट नेताहरूले भने संसद्मा नवनिर्वाचित पाँच राष्ट्रिय पार्टीमध्ये जोकसैसँग छलफल हुनु स्वाभाविक रहेको भन्दै ओली-यादव भेटको बचाउ गरे ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन गर्ने दलले १३७ सांसद संख्या पुर्यापउनुपर्छ । एमालेको १२१ र फोरमको १६ जोड्दा ठ्याक्कै बहुमत अर्थात् १३७ पुग्छ । ओलीले माओवादी पक्षलाई यही संख्या देखाउँदै कार्यकारी पदमा आलोपालोसम्बन्धी अनावश्यक बखेडा गर्न नहुने, त्यसो गरिए विकल्प खोजिने चेतावनी दिएका छन् ।‘ओली र यादवको शनिबारयता तीनपल्ट कुरा भइसक्यो, प्रचण्डले आलोपालो प्रधानमन्त्री मागेपछि उहाँ असन्तुष्ट बन्नुभएको छ,’ स्रोतले भन्यो, ‘सरकार त एमाले-माओवादीकै बन्ला तर दुवै पार्टीले फोरमलाई देखाएर एकअर्कालाई साइजमा राख्न खोजेका हुन् ।’

माओवादीले पनि चुनावी जितपछि एमालेबाट गठबन्धनको पूर्वसहमति लत्याउन खोजिएको भन्दै फोरमसहित, राजपा, कांग्रेससँग नयाँ सत्ता-समीकरणमा जान सक्ने चेतावनी दिएको छ । अध्यक्ष दाहालले ओली र आफूमध्ये प्रत्येकले एक-एक कार्यकारी पद सम्हाल्ने भद्र सहमति कार्यान्वयन गर्न सर्त तेस्र्याएका छन् । दाहालले केही दिनअघि चितवन पुगेर आलोपालो सत्तारोहणको सहमति खुलासा गरेका थिए । अनि एमालेले फोरमसँग मिलेर आफ्नो पार्टीलाई दबाबमा राख्न खोजेको पनि नवलपरासीको अर्को कार्यकर्ता भेटमा व्यक्त गरेका थिए । फोरमसँग तीन चरण कुरा गरेका ओलीले अर्को मधेसी दल राजपासँग भने सम्पर्क गरेका छैनन् । अब बन्ने संसद्मा राजपाको फोरमभन्दा एक सिट बढी अर्थात् १७ सांसद रहे पनि ओलीले ऊसँग सहकार्य गरे ‘इमेज बिग्रने’ भन्दै त्यो संख्यामा रुचि नदेखाएको उनका निकटस्थहरू बताउँछन् ।

चितवनबाट दाहालले ओलीसँग टेलिफोन संवादका क्रममा बोलेको उद्धृत गर्दै माओवादीका एक उच्च नेताले भने, ‘एमाले नभएको भए माओवादीको यत्रो सिट आउँदैनथ्यो भनी अपमान गर्न पाइन्न, एकता गर्ने हो भने एकताकै स्पिरिटमा जानुपर्छ ।

एमाले महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष नै संसदीय दलको नेता बन्ने, संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने भनी दिएको अभिव्यक्तिका कारण दुवै दलमा अविश्वास पैदा भएको थियो, माओवादीमा पनि वर्षमान पुनलगायत दोस्रो तहका नेताहरू एमालेलाई धेरै विश्वास गर्न नहुने, कांग्रेससँगको सहकार्य तोड्न नहुने मत राख्छन् ।
एमाले र माओवादीबीच सरकार गठन र पार्टी एकताको विषयमा मतभेद गहिरिँदै जाँदा फोरम भने निर्णायक भूमिका खेल्ने समय कुरिरहेको छ । संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग चरण-चरणमा कुराकानी भइरहेको पुष्टि गरे । ‘एमालेसँग कुरा नहुने होइन, भइरहेको हो। हाम्रा केही मुद्दा छन्, त्यसलाई सम्बोधन गर्न एमाले तयार हुनुपर्छ,’ यादवले भने, ‘एमाले खुलस्त भएर आओस्, हामी हात मिलाउन तयार छौं ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन गर्ने दलले १३७ सांसद संख्या पुर्याुउनुपर्छ । माओवादीले भने कांग्रेसका ६३, आफ्ना ५३, राजपाका १७ र फोरमका १६ गरी १४९ सिटसंख्या पुर्याीउनुपर्ने हुन्छ, भने एमालेको १२१ र फोरमको १६ जोड्दा ठ्याक्कै बहुमत अर्थात् १३७ पुग्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !