![KP Sharma Oli](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2017/12/केपी-शर्मा-ओली.jpg?fit=784%2C472&ssl=1)
२४ मंसीर, झापा । झापा क्षेत्र नं. ५ बाट नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । ओलीले ५७१३९ मत ल्याउनुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८२५७ मत ल्याउनुभयो ।
उहाँले २८८८२ दोब्बर मतको अन्तरले अधिकारीलाई पराजित गर्नु भएको हो । यो निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मतमध्ये ओलीको मत सर्वाधिक हो ।