२२ बैशाख २०८१, शनिबार

‘जनताको चाहना नै वाम गठबन्धन’-अध्यक्ष सोमनाथ अधिकारी प्यासी


somnath-adhikari

कार्तिक २६, कास्की | नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले जनताको चाहान र देशको माग नै वाम गठबन्धन भएको बताएका छन् ।
कास्की क्षेत्र नं १ को क अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ को डाँडामा स्थापन गरिएको वाम गठबन्धनको चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेता अधिकारीले यस्तो बताएका हुन् । राष्ट्रको माग र जनताको चाहान अनुसार भएको वाम गठबन्धनले आगामी दिनमा दिगो शान्ति र समृद्ध नेपाल बनाउने अभियानमा सरिक भइ देश र जनताको हितमा काम गर्ने ठोकुवा गरेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य झलकपाणि तिवारले चुनाव जित्न र कसैको विरुद्धका लागि मात्र बाम गठबन्धन निर्माण नभएको स्पस्ट पार्दै दिगो शान्ति र समृद्ध नेपाल बनाउने माहान अभियनका साथ गठबन्धन भएको बताएका थिए । सोही अवसरमा वाम गठबन्धन कास्की क्षेत्र नं १ का प्रत्यक्षतर्फका उम्मेद्वार एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले अस्थिर राजनीति अन्त्य गरी स्पस्ट बहुमतको सरकार निर्माण गरी देश विकासको अभियानलाई दीर्घकालीन रुपमा अगाडि बढाउनु नै वाम गठबन्धनको मुख्य लक्ष्य रहेको बताए ।
यसैगरी कास्की क्षेत्र नं १ को क का प्रदेश सभाका उम्मेद्वार दीपक कोरालाले सुशी नेपाली र समृद्ध नेपाल निर्माणको अभियान नै आफूहरुको चुनावी एजेन्डा भएकोमा जोड दिएका थिए । वाम गठबन्धन कास्की क्षेत्र नं १ क का संयोजक विजयबाबु वनबासीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सहसंयोजक छविलाल लामिछानेले गरेका थिए ।
यसैबीच प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा घरदैलो गर्ने क्रममा वाम गठबन्धका उम्मेद्वारहरुले किसानहरुको खेतमा नै पुगेर धान काट्न सघाउँदै भोट मागेका छन् । घरमा ताल लगाएर खेतबारीमा व्यस्त किसानहरुलाई भेट्न शनिबार पोखरा लेखनाथ महानगरपालिका वडा नं २६ को खरानेफाँट पुगेका कास्की क्षेत्र नं १ प्रतिनिधि सभाका उम्मेद्वार खगराज अधिकारी र प्रदेश सभा क का उम्मेद्वार दीपक कोइरालाले केदार रानाभाटलाई धान काट्न सघाउँदै भोट मागेका हुन् ।
आफ्ना नेता तथा कार्यकर्तासहित खेतमा पुगेका उम्मेद्वारहरुले खरानेफाँटका जनतासँग भोट मागे । कास्की क्षेत्र नं १ को मा पूर्व घोषित कार्यक्रम अन्तर्गत शनिबार दुबै तर्फका उम्मेद्वार र ठूलो संख्यामा रहेका कार्यकर्ता र शुभेच्छुकहरुको सहभागितामा पोखरा लेखनाथ २६ को अर्घौचोक, खरानेफाँट ,तालवेसी, बरालडाडाँ,जल्धारे हुँदै नरसपुर, टाइगर टप, थापाथर, विजयपुर, कालिकाचोकहुँदै बुढीबजारसम्म घरदैलो गरी ठाँउ ठाउँमा चुनावी सभा गरेको हो ।
वाम गठबन्धनका उम्मेद्वार जिताऔं अभियान अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० को शिसुवामा चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उम्मेद्वार खगराज अधिकारी र प्रदेश सभा क का उम्मेद्वार दीपक कोइरालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । वडा नम्बर ३० का संयोजक दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सह संयोजक विश्वप्रकास अधिकारी र सञ्चालन सचिव कृष्णप्रसाद अधिकारीले गरेका थिए ।
Tweet


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !