१२ श्रावण २०८१, शनिबार

भारतीय प्रधानमन्त्री मोदीद्वारा पार्वती कुण्ड र आदि कैलाशको दर्शन


भारतीय प्रधानमन्त्री मोदीद्वारा पार्वती कुण्ड र आदि कैलाशको दर्शन

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पार्वती कुण्ड र आदि कैलाशको दर्शन गरेका छन् । उनी आज बिहीबार बिहानै हेलिकोप्टर चढेर कालापानी क्षेत्रमा आएका थिए ।

उनी हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका थिए । मोदीले जोलिङ्काङमा पूजापाठ र कैलाश पर्वतको दूरदर्शन गरेका हुन् ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘उत्तराखण्डको पिथौरागढको पवित्र पार्वती कुण्डमा दर्शन र पूजा गर्दा म अभिभूत छु । यहाँबाट आदि कैलाशको दर्शनले मन पनि हर्षित हुन्छ । प्रकृतिको काखमा बसेर यो अध्यात्म र संस्कृतिको ठाँउबाट मेरो परिवारलाई सुखमय जीवनको कामना गर्दछु ।’

कैलाश दर्शनपछि त्यहाँबाट नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसित छलफल गरेका छन् । उनले बिहीबार बिहान साढे ९ बजे नेपाली सीमाभित्र रहेका गुन्जीका सात गाउँ (गुन्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गर्ब्याङ र बुदी) को भ्रमण गरेका थिए ।

मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गरेका छन् । मध्याह्न १२ बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जाने कार्यक्रम रहेको बुझिएको छ ।

यता अतिक्रमित सीमा क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको बारेमा नेपाललाई कुनै औपचारिक जानकारी नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली भूमि कालापानी क्षेत्र हुँदै भारतीय प्रधानमन्त्रीले भ्रमण गर्दा स्थानीय प्रशासन बेखबर रहेको पाइएको हो ।

भारतीय प्रधानमन्त्री मोदीद्वारा पार्वती कुण्ड र आदि कैलाशको दर्शनभारतीय प्रधानमन्त्री मोदीद्वारा पार्वती कुण्ड र आदि कैलाशको दर्शनभारतीय प्रधानमन्त्री मोदीद्वारा पार्वती कुण्ड र आदि कैलाशको दर्शनभारतीय प्रधानमन्त्री मोदीद्वारा पार्वती कुण्ड र आदि कैलाशको दर्शनभारतीय प्रधानमन्त्री मोदीद्वारा पार्वती कुण्ड र आदि कैलाशको दर्शनभारतीय प्रधानमन्त्री मोदीद्वारा पार्वती कुण्ड र आदि कैलाशको दर्शनभारतीय प्रधानमन्त्री मोदीद्वारा पार्वती कुण्ड र आदि कैलाशको दर्शनभारतीय प्रधानमन्त्री मोदीद्वारा पार्वती कुण्ड र आदि कैलाशको दर्शनभारतीय प्रधानमन्त्री मोदीद्वारा पार्वती कुण्ड र आदि कैलाशको दर्शनभारतीय प्रधानमन्त्री मोदीद्वारा पार्वती कुण्ड र आदि कैलाशको दर्शनभारतीय प्रधानमन्त्री मोदीद्वारा पार्वती कुण्ड र आदि कैलाशको दर्शन

तस्वीर सौजन्य : भारतीय प्रधानमन्त्री मोदीको फेसबुकबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !