२३ बैशाख २०८१, आइतबार

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरको दर्शन एवं पूजाआजा


राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरको दर्शन एवं पूजाआजा

जनकपुर । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार यहाँस्थित जानकी मन्दिरको दर्शन एवं पूजाआजा गरेका छन् । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुर आएका राष्ट्रपति पौडेलले प्रसिद्ध जानकी मन्दिरको दर्शन एवम पुजा अर्चना गरेका हुन् ।

उनी अखण्ड किर्तन, दीप प्रज्जवलन तथा आरतीमा सहभागी थिए । राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गरे ।

महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको भवन उदघाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने क्रममा राष्ट्रपति पौडेल आज बिहान जनकपुर आएका हुन् ।

राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !