१२ असार २०८१, बुधबार

प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनमा जताततै पुरुष उम्मेदवारको दबदबा


सिर्जना सिंह

काठमाडौं । निर्वाचन आयोगले दलहरूबाट महानगर, नगर र गाउँपालिकामा उम्मेदवार दिँदा प्रमुख वा उपप्रमुखमध्ये कुनै एकमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरेको थियो ।

सोहीअनुसार गत २०७४ को स्थानीय चुनावमा प्रमुख वा उपप्रमुख कुनै एकमा महिलाको उपस्थित सुनिश्चित थियो । तर २०७९ को स्थानीय तहको निर्वाचनमा आउँदा सत्तारूढ दलको स्वार्थका कारण धेरै ठाउँमा महिला उम्मेदवार हुनबाट वञ्चित भएका छन् ।

सत्ता गठबन्धनले महानगर÷उपमहानगरमा गरेको गठजोडमा अधिकांशमा पुरुष उम्मेदवारको संख्या बढी देखिएको छ । सत्ता गठबन्धनले ६ मध्ये २ महानगरपालिकामा महिलालाई मेयरको उमेदवार बनाएका छन् ।

निर्वाचन आयोगले स्थानीय तह, नगरपालिका र महानगरमा प्रमुम वा उपप्रमुखमध्ये कुनै एकमा मात्रै उम्मेदवारी दिए सुरुमा महिलालाई प्राथमिकता दिनुपर्ने भनेको थियो । तर, सो आचारसंहितालाई निर्वाचन आयोगले सच्याउँदै कुनै एक पदमा उम्मेद्वार दिँदा महिला अनिवार्य हुने वाक्यांश हटाएसँगै हाल महानगर र उपमहानगरमा पुरुष उम्मेदवारको संख्या बढी देखिएको छ ।

सत्तारूढ दललाई सहयोग हुनेगरी निर्वाचन आयोगले सजिलो बनाइदिएपछि मेयर महिलाको संख्या न्यून देखिएको हो । २०७४ को निर्वाचनमा भरतपुर महानगरपालिकामा मात्रै प्रमुखमा महिला थिए । माओवादी केन्द्र र कांग्रेस गठबन्धनबाट रेणु दाहाल भरतपुरको मेयर बनेकी थिइन् । अहिले पनि उनै दाहाल गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएकी छन् । यो समाचार आजको राजधानी दैनिकमा छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !