१२ पुस २०८१, शुक्रबार

बौद्धिक चोरी जाँच्ने सफ्टवेयर


त्रिभुवन विश्वविद्यालय

काठमाडौं । शोधपत्र, अनुसन्धानका प्रस्ताव तथा स्वदेशी एवं विदेशी जर्नलमा प्रकाशनका लागि तयार गरिएका सामग्रीमा अरूका सामग्री समावेश गरिएको छ कि छैन भनेर परीक्षण गर्ने क्रम बढेको छ ।

त्रिभुवन विश्वविद्यालयले त्यस्ता सामग्री सम्बन्धित डिन कार्यालय तथा विभागबाट स्वीकृत हुनुअघि अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था अनिवार्य गरेपछि यस्तो चलन बढेको हो ।

अर्काको बौद्धिक सम्पति चोरी गरेर आफ्नो कृति तयार पार्ने प्रवृत्ति बढेपछि त्रिविले नेपालमै पहिलो पटक एन्टि ​प्लाजियारिजम चेकिङ सफ्टवेयर प्रयोगमा ल्याएको थियो । विश्वविद्यालयले सात महिनाअघि अमेरिकी कम्पनीबाट ३५ लाख रुपियाँमा यो सफ्टवेयर किनेको हो ।

यो सफ्टवेयर त्रिवि केन्द्रीय पु‚तकालय मातहत रहने गरी विश्वविद्यालयअन्तर्गतका अध्ययन संस्थान, डिन, अनुसन्धान केन्द्र, विभागलगायतमा कार्यालयबाट चलाउन सकिन्छ । विद्यार्थीको परीक्षा तथा अन्य शैक्षिक मूल्याङ्कन गर्ने जिम्मेवारी पाएका ती कार्यालयका प्राध्यापक तथा प्रमुखले यो सफ्टवयर चलाउन सक्छन् ।

सफ्टवेयर सञ्चालनका लागि त्रिविले छ हजार प्रयोगकर्ताको प्रयोग गर्न सक्ने गरी कम्प्युटरमा प्रवेश परिचयपत्र बनाएको छ । यस्ता व्यक्तिले आफू कार्यरत कार्यालयबाट आफूले स्वीकृत गर्नुपर्ने विद्यार्थी, शोधकर्ता तथा लेखकका सामग्री परीक्षण गर्न सक्छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !