९ जेष्ठ २०८१, बुधबार

सत्ता गठबन्धनमा हानथापले असल मन्त्रीहरू आउन समस्या


पाँचदलीय गठबन्धन फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पुर्याएपनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन ।

गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरहँदा देउवाका सारथीका रूपमा ‘कस्ता मन्त्री भित्रिएलान् ?’ भन्ने आमचासो छ । कोभिडका कारण संकट निम्तिरहेको छ । यो संकटबाट मुलुकलाई पार लगाउन सरकार परम्परागतभन्दा ‘क्रान्तिकारी र कामयाबी चरित्र’को हुनुपर्ने र यसका लागि देउवालाई काबिल, दक्ष र रातदिन काम (रेडी टु वर्क) गरेर परिणाम निकाल्न सक्ने दक्ष सारथी आवश्यक पर्ने राजनीतिक विश्लेषक एवं प्रशासनविज्ञको सुझाव छ ।

देउवा नेतृत्वको सरकारले लक्ष्य र सफलता हासिल गर्न सारथीका रूपमा आउने मन्त्री इमान्दार, जनउत्तरदायी, विषय विज्ञ र शतप्रतिशत परिणाम दिन सक्षम हुनुपर्नेे विज्ञको जोड छ ।

१७ मन्त्रालयको जिम्मेवारी आफैंले बहन गर्नुपर्दा सरकारको कामकारबाही प्रभावकारी हुन नसकेपछि प्रधानमन्त्री देउवा ‘छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी अन्तिम गृहकार्यमा जुटेको’ उनीनिटस्थ बताउ“छन् । यद्यपि, उनलाई मन्त्रिपरिषद् विस्तारको सकस भने टरिसकेको छैन ।

कोभिड संकटले मुलुकको आर्थिक मात्रै नभएर सामाजिक अवस्थासमेत थला परेको छ । संकट अवस्थाबाट देश जोगाउनुपर्ने मुख्य दायिŒव देउवा सरकारको काँधमा छ ।

हाल, प्रधानमन्त्रीसहित चार र एक राज्य गरी ६ मन्त्री छन् । अब १९ मन्त्री आएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । देउवा सरकारको मुख्य चुनौती भनेकै कोभिडसँग जुधिरहेका आमनागरिकलाई समयमै खोप लगाउनु, कोभिड नियन्त्रण र व्यवस्थापन गर्नु हो । कोभिडकै कारण थिल्थिलो आर्थिक अवस्था तंग्राउनुपर्ने दायित्व छँदै छ ।

स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवाले गठबन्धन दलसँग सूची माग गरिसकेको र आफ्नै दल कांग्रेसबाट मन्त्री छनोटका लागि विभिन्न नेतासँग घनीभूत छलफलसमेत थालेका छन् ।

सम्भवतः केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ । प्रधानमन्त्री र उनको संयन्त्रले मन्त्री छनोट आधार र मापदण्ड भने बनाएको छैन ।

त्यसो त यसअघिका सरकारले पनि त्यस्तो कुनै मापदण्ड र आधार बनाउने गरेका थिएनन् । विज्ञका अनुसार विकसित देशमा स्वास्थ्य, अर्थ, शिक्षा, परराष्ट्रजस्ता मन्त्रालयमा सम्बन्धित विज्ञ नै मन्त्री बनाउने मापदण्ड छ । धेरै देशमा केही महत्वपूर्ण मन्त्रालयमा सम्बन्धित क्षेत्रका विज्ञ नै मन्त्री बनाउने अभ्यास छ ।

प्रधानमन्त्री देउवाले ऋण गरेरै भए पनि सबै नेपालीलाई खोप लगाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । साथै, मुलुकको विकास र समृद्धिसँगै हि“डाउनुपर्ने थप चुनौती उनीसामु छ ।

प्रशासनविज्ञ शारदाप्रसाद त्रिताल कोभिड महामारीका कारण मुलुकले ठूलो संकट बेहोरिरहेको अवस्थामा संकट समाधान गर्न पनि विज्ञलाई मन्त्रीका रूपमा ल्याउनुपर्ने आवश्यकता औंल्याउ“छन् ।

हाल कोभिड संकट भएकाले विशेषगरी परराष्ट्र, स्वास्थ्य र शिक्षाजस्ता मन्त्रालयमा मन्त्री बनाउँदा विशेष ध्यान दिनुपर्ने त्रितालको सुझाव छ ।

नयाँ मन्त्री सुशासन ऐन २०६४ अनुसार चल्न सक्ने, समग्रतामा गतिवान्, जनप्रिय कार्यक्रम ल्याउनसक्ने तथा नीति बजेट परिणाममुखी बनाउन सक्ने गुणयुक्त हुनुपर्ने सुझाव विज्ञको छ । कोभिड–१९ द्वारा सिर्जित संकट समाधान, नवीनत्तम योजना तथा कार्यक्रम बनाउनसक्ने ‘भिजेनरी’ मन्त्री बनाउनुपर्ने आवश्यकता राजनीतिक तथा प्रशासनविज्ञले औंल्याएका छन् ।

त्यस्तै, निजीभन्दा सार्वजनिक हित प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेल्न सक्ने, उच्चस्तरको नैतिकता र आचरण प्रदर्शन गरिरहेका तथा जनताका समस्या आफ्नै ठानेर आत्मसात् गर्न सक्ने मन्त्री चुन्न सुझाइएको छ । जनताका घरदैलो र छहारीमै बस्न रुचाउने ‘सादा जीवन उच्च विचार’का कर्तव्यनिष्ट व्यक्तिलाई मन्त्रीका रूपमा ल्याउन सकिए सरकार छोटो समयमै सफल हुने त्रिताल विश्लेषण गर्छन् ।

देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्ति प्रकरणमा भने आलोचना खेपेका छन् । आफूलाई सहयोग गर्दै आएको गठबन्धन दलका नेतासँगसमेत ‘स्वास्थ्य राज्यमन्त्री नियुक्ति गर्दा गल्ती गरेको’ भन्दै उनले ‘आगामी दिन त्यस्तो गल्ती नगर्ने’ प्रतिबद्धता जनाइसकेका छन् । उनको सोही प्रतिबद्धता विश्वास गर्ने हो भने आगामी दिनका मन्त्री ‘स्वस्च्छ छविका र कुनै विवादमा नपरेका हुन सक्ने’ आशा गर्न सकिन्छ ।

देउवा सरकारले नै आवधिक निर्वाचन गराउने सम्भावना अत्यधिक रहेकाले धेरै सांसद पुनः निर्वाचन जित्न मन्त्रीका रूपमा जा“दा सहज हुने भएकाले दौडमा छन् । त्यसैले पनि गठबन्धन दलका नेतालाई मन्त्री छान्न हम्मे परेको हो ।

क्षमता र योग्यताभन्दा निकटकालाई मन्त्री बनाउन उच्चनेता स्वयं अस्वाभाविक ‘लबिङ’मा रहेको स्रोतको दाबी छ । यसै कारण पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

स्रोतका अनुसार मन्त्री बन्ने होडबाजीमा रहेकाले ‘आफूलाई मन्त्री पदमा पुर्याउन विभिन्न ‘अस्त्र’ प्रयोग गरिरहेका छन् । यद्यपि, सरकारलाई सफल वा असफल बनाउने महत्वपूर्ण जिम्मेवारीमा रहने मन्त्रीका गुण, योग्यता र दक्षताबारे सत्तारूढ दलभित्र खासै बहस र समीक्षा नहुँदा नागरिकस्तरमा केही निराशा छाउन पुगेको देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा सागर पण्डितले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !