१० पुस २०८१, बुधबार

प्रदेशसभा सदस्य श्रेष्ठलाई ‘हिरो अवार्ड’बाट सम्मान गरिने


अवार्ड

काठमाडौँ, ३ जेठ । काठमाडौँ क्षेत्र नं १ (क) बाट प्रतिनिधित्व गर्नुहुने वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठलाई ‘हिरो अवार्ड’ बाट सम्मान गरिने भएको छ । अमेरिकामा क्रियाशील ‘हामी ग्लोबल नेपाली’ नामक संस्थाले प्रदेशसभा सदस्य भई काम गर्दा श्रेष्ठले राज्यका तर्फबाट पाउने तलब, भत्ता लगायत सुविधा सामाजिक काममा लगाएको भन्दै सम्मान गर्न लागिएको हो ।

संस्थाका अध्यक्ष अमृत लामाले प्रदेशसभा सदस्य श्रेष्ठलाई सामाजिक काममा अझै दृढतासाथ लाग्ने कामनाका साथ सम्मान गर्न लागिएको सार्वजनिक गर्नुभयो । सम्मानको घोषणा भएपछि कुरा गर्नुहुँदै प्रदेशसभा सदस्य श्रेष्ठले सम्मानले जिम्मेवारी बढाएको उल्लेख गर्नुहुँदै आफ्नो काँधमा कर्तव्य थपिएको बताउनुभयो ।

थप भएको जिम्मेवारीलाई कुशलतासाथ निर्वाह गर्ने प्रतिबद्धता पनि उहाँको थियो । संस्थाले कोरोनाको सङ्क्रमण अन्त्य भएपछि अमेरिकामा आयोजना हुने कार्यक्रममा प्रदेशसभा सदस्य श्रेष्ठलाई सम्मान गर्ने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !