१५ बैशाख २०८१, शनिबार

पास भए पनि सवारी साधन चलाउन नपाइने


नारायणपुर, २४ वैशाख । जिल्ला प्रशासन कार्यालय दाङले बन्दाबन्दीलाई थप कडा गर्न थालेको छ । अत्यावश्यक सवारी साधनबाहेक पास भए पनि कसैका गाडी गुडाउन नदिने निर्णय भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बताउनुभयो । खड्काका अनुसार पासको बहानामा राति जथाभावी हिँडडुल गर्न लागेको पाइएपछि यस्तो निर्णय गर्नुपरेको हो ।

छिमेकी जिल्ला बाँकेमा कोराना सङ्क्रमित बढेपछि दाङमा बन्दाबन्दीमा कडाइ गर्न थालिएको छ । प्रहरीले शहर बजारमा पासको बहानामा विनाकाम हिँड्नेलाई लाठीसमेत लगाउन थालेको छ । अत्यावश्यक काम नपरी सडकमा हिँड्नेलाई सडकमै दिनभर राख्ने र बेलुकीपख प्रशिक्षण दिएर छाड्ने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काले जानकारी दिनुभयो । मंगलबार जिल्लामा १८१ जनालाई सडकमै राखी प्रशिक्षण दिएर छाडिएको डिएसपी खड्काले बताउनुभयो । यसैगरी जिल्लाका विभन्न स्थानमा गरी ८० सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेकोे दिनदेखि नै प्रहरीले सवारी साधन नियन्त्रणमा लिने गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !