१८ बैशाख २०८१, मंगलबार

एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त तर भविष्यमा सरकारी सेवाका लागि योग्य


Nirmala panta rape

८ कात्तिक, काठमाडौँ । गृह मन्त्रालयले निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेको छ । मन्त्रालयले आज प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो ।

प्रवक्ता रामकृष्ण सुवेदीले विज्ञप्ती जारी गरेर गृह मन्त्रालयले सोधेको स्पष्टिकरणमा चित्त बुझ्दो जवाफ नआएपछि बर्खास्त गरिएको जानकारी दिनुभएको छ । द्धय प्रहरी अधिकारीलाई प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को देहाय (क)को कसुरमा नियमावलीको नियम १०९ को खण्ड (ख) १ बमोजिम बर्खास्त गरेको जनाइएको छ ।

साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको थियो । सो घटनामा कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख भट्टले अनुसन्धानमा लापरवाही गरेको भेटिएको थियो । सरकारी छानबिन समितिले प्रहरी लापरवाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !