१८ असार २०८१, मंगलबार

अनुहारमा हिँड्छन् हजारौं किरा, जति धोएपनि जाँदैन


भाद्र २८ , काठमाडौँ | तपाईं आफ्नो अनुहारमा कत्तिको ध्यान दिनुहुन्छ ? कि अनुहारलाई फोहोर नै छोड्ने खालको हुनुहुन्छ ? तपाईं जस्तो खालको भए पनि तपाईंको अनुहारमा हजारौं किरा सल्बलाइरहने गरेको बैज्ञानिकले दावि गरेका छन् । अनुहारमा हिँड्ने किराका सम्बन्धमा सन् १८४२ मानै खोज भएको थियो । कानमा जम्ने फोहोरमा यो किराभेटिएको थियो । यो सूक्ष्मजीवको आठवटा खुट्टा हुन्छन् र यो माकुराको प्रजातिको हो । तर यो किरा अनुहारमा पनि भेटिन्छ कि भेटिँदैन भनी प्रस्ट भएको थिएन ।

तर अहिले वैज्ञानिकहरूले दाबी गरेअनुसार दुई प्रजातिका सूक्ष्मजीवहरू मानिसको अनुहारमा बस्न मन पराउँछन् । यिनीहरूको नाम डेमोडेक्स फोलीक्युलोरम र डी ब्रेभिस हो । यी दुवैको आकार किराको जस्तै हुन्छ र यिनको खुट्टा पनि सानै हुन्छ । तर यिनीहरू माकुरो प्रजातिका कीरा हुन् । सबभन्दा महत्वपूर्ण कुरा त यी कीराहरूले मलत्याग गर्न सक्दैनन् । जिन्दगीभरि यिनीहरू शरीरमै मल बोकेर बस्छन् र मरेपछि यिनीहरूको जिउ फुट्छ । त्यसपछि सबै ब्याक्टेरिया तपाईंको छालामा फैलिन्छ ।

अमेरिकाको नर्थ क्यारोलाइना स्टेट विश्वविद्यालयकी प्राध्यापक डा मेगन थाइमसका अनुसार यी ब्याक्टेरिया हरूले अनुहारको छाला नै खाइदिन्छन् । यिनीहरूले छालाका मृत कोशिकाका साथसाथै अनुहारबाट निस्कने तेल पनि खान्छन् । हुन त यी सूक्ष्मजीवबाट तपाईंलाई कुनै हानि हुँदैन तर यिनीहरूले रोसेकीय नामक छालारोग ल्याइदिन्छन् । यो रोग लागेपछि अनुहारमा ससाना डल्ला आउँछन् र अनुहार रातो देखिन थाल्छ । यस्तो समस्या भएको मानिसको छालामा ब्याक्टेरिया १० गुणा बढी हुन्छ ।

हुन त यी ब्याक्टेरियाबाट छुटकारा पाउनका लागि उपचारको सुविधा छ तर यिनीहरूलाई जरैबाट हटाउन भने असम्भव छ । उपचार गरेको ६ हप्तामा यिनीहरू अनुहारमा आइहाल्छन् । तपाईंमा भएको रोगप्रतिरोधात्मक क्षमताले यी ब्याक्टेरियासँग कत्तिको लड्न सक्छन् भन्ने कुरो महत्वपुर्ण हुन आँउछ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !