८ आश्विन २०८१, मंगलबार

राजनीतिक दलका नेता रिझाउन सशस्त्रको दुरुपयोग


APF-Police-Nepal

३० साउन, काठमाडौं । सशस्त्र प्रहरी नेतृत्व पंक्तिले आफ्नो जनशक्ति राजनीतिक दलका नेता रिझाउन दुरुपयोग गरिरहेको पाइएको छ । अधिकांश नेताले आफ्नो पदीय शक्ति देखाई सशस्त्रलाई त्यस्तो जनशक्ति परिचालन गर्न बाध्य पारेको हो ।

सशस्त्र प्रहरी बल मुख्यालयबाट अन्नपूर्णलाई प्राप्त विवरणमा सशस्त्रले कुल पाँच सय १६ जनालाई उपराष्ट्रपतिदेखि राजनीतिक कार्यकर्तासम्मको ‘सुरक्षा’ का लागि परिचालन गरेको छ ।

नेताकार्यकर्ताका घरायसी कामका लागि फौज पठाएर सशस्त्रल नेतृत्वले संगठनको मर्म र उद्देश्यविपरीत काम गरेको देखिएको छ ।

कुनै पनि व्यक्तिलाई सुरक्षा ‘थ्रेट’ भएमा गृह मन्त्रालयले विश्लेषण गरेर सुरक्षाकर्मी उपलब्ध गराउने प्रावधान छ । त्यसबाहेक गृहले नीति बनाएर पनि विभिन्न ‘अति विशिष्ट’ र ‘विशिष्ट’ व्यक्तिलाई सुरक्षा दिने गर्छ । तर सशस्त्रले नेता, मन्त्री र कार्यकर्ताले माग गरेका आधारमा उनीहरूले भनेजति जनशक्ति उपलब्ध गराएको छ ।

यसबाहेक आफु पद (शक्ति) मा भएका बखत मागिएका सशस्त्र फौजलाई पदबाट हटेपछि फिर्ता नगरेर आफ्नो घरायसी काममा उपयोग गरिरहेका छन् । सशस्त्रले पूर्वमहानिरीक्षक, अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकलाई जथाभाबी फौज दिएर दुरुपयोग गरेको समाचार अन्नपूर्णले प्रकाशित गरेको थियो।
नेता, मन्त्री र राजनीतिक दलका कार्यकर्ताका लागि परिचालित फौजसहित गाडी, तेल, रासन, मर्मत खर्च सबै सरकारको थाप्लामा पर्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विकास थापाले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !