८ आश्विन २०८१, मंगलबार

टेन्डरको ११ वर्षपछि खैरेनीघाटमा पुल, दोरम्बाबाट–काठमाडौँ अब चार घण्टामै


२१ साउन, काठमाडौं । स्थानीय तहको निर्वाचनमा भाग लिएर मतदातामाझ मत माग्न जाँदा रामेछाप खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङलाई मतदाताको पहिलो प्रश्न थियो, खैरेनीघाटको पुल कहिले बन्छ ?

स्थानीयको प्रश्नलाई उनले मात्रै पुल बन्ने समयको उत्तर दिएर पुग्दैनथ्यो । तर उनले आश्वासन दिएका थिए । आइतबार त्यही पुल उद्घाटन हुँदा जनता मात्र होइन, जनप्रतिनिधि नै खुसी थिए ।

पुल बनेपछि अब दोरम्बा सीधै काठमाडौँसँग जोडिएको छ । गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले भने, ‘दिनभरिको बाटो अब ओहोरदोहोर नै गर्न सकिने भएको छ ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !