६ आश्विन २०८१, आइतबार

क्षमताभन्दा तेब्बर कैदीबैन्दी


Terathum

२९ साउन, तेह्रथुम । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबैन्दी राखेपछि उनीहरुको बिचल्ली भएको छ ।

जिल्ला कारागारमा २५ जनाको क्षमता भएपनि ८८ कैदीबन्दी राखिएको छ । कैदीबन्दीलाई दैनिक शौच गर्न, खाना पकाउन, खानेपानीलगायत समस्या भएको छ । अहिले ८३ पुरुष र पाँच महिला कैदीबन्दी रहेको कारागार प्रमुख उमेश घिमिरेले जानकारी दिनुभयो । “क्षमताभन्दा बढी कैदीबन्दी भएपछि व्यवस्थापन गर्न समस्या भएको छ,” उहाँले भन्नुभयो ।

कारागारको समस्या समाधानका लागि सम्बन्धित निकायलाई पटक–पटक ताकेता गर्दैआएको घिमिरेले बताउनुभयो । “माग सुनुवाइ भएको छैन,” उहाँले भन्नुभयो । जीर्ण र साँघुरो भवनमा कैदीबन्दीलाई बस्न सास्ती भएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !