२ मंसिर २०८१, आइतबार

चिनियाँ भाषा भित्रका संस्कृत शव्द


Chinese

चिनियाँ भाषा गाह्रो छ र चिनियाँ भाषामा हजारौको संख्यामा अक्षरहरु छन् भन्ने कुरा हामीहरु प्रायः सबैले सुनेका हुन्छौं, तर त्यो बुझी नसक्नुको चिनियाँ भाषामा सैयौंको संख्यामा संस्कृत र पाली भाषाका शव्दहरु पनि छन् भन्नेकुरा हामीहरु मध्य धेरैलाई थाहा नहुन सक्छ । अझ संस्कृतका उखान र विभीन्न युक्तीहरु पनि त्यो भाषामा प्रचलीत छन् भन्यौ भने त्यो विश्वासै गर्न नसकीने हुनसक्छ । तर बास्तवीकता त्यही हो । चिनियाँ भाषामा साच्चै नै सैयौंको संख्यामा संस्कृत र पाली भाषाका शव्दहरुको प्रवेश भएको छ र इतिहास पर्यन्त हालसम्म पनि बोलीचालीमा प्रयोग पनि भईरहेका छन् ।

भिन्न परिवेश, फरक संस्कृति र लामो समयको अन्तरालले अपभ्रंश भैसकेकाले आजभोली चिनियाँहरुले ती शव्दको उच्चारण गर्दा ती शव्दहरुका उच्चारण वास्तवीक संस्कृत भाषाका शव्दहरुका उच्चारण भन्दा धेरैनै फरक पर्छन् तर पनि चिनियाँ भाषामा यती धेरै संख्यामा संस्कृत शव्दहरुको प्रवेश भएको छ की चिनियाँ भाषाको इतिहासमा यसलाई “विदेशी शव्दको पहिलो बाढी” को संज्ञा दिईएको छ ।

वास्तवमा बुद्ध धर्मको प्रवेश संगै बुद्ध धर्म मार्फत यी शव्दहरुले चिनियाँ भाषा र चिनियाँ जनजिभ्रोमा प्रवेश गरेको हो, त्यसैले चिनियाँ भाषाको इतिहासमा यी शव्दहरुलाई “बुद्ध धर्म शव्द” पनि भनिन्छ ।

चिनिया इतिहास र नेपालको इतिहासमा गौतम बुद्धको जन्म समयमा केहि अन्तर रहे पनि बुद्धको महा परिनिर्वाण भएको करीब ५०० बर्षपछि अर्थात इशा पर्वको पहिलो शताव्दी तिर मात्रै नेपालका शान्ती दूत भगवान गौतम बुध्दले प्रतिपादन गर्नु भएको बुद्ध धर्म भारत र अन्य विभिन्न क्षेत्र हुदैं चिनमा प्रवेश भएको पाईन्छ । तात्कालिन चीनमा एकातर्फ सामन्ती शासकहरुमा धर्मले एक किसिमको मानशीक वेहोशिको औषधिको काम गर्ने र जनताहरु त्यसमै भुल्ने भएकाले कुनै पनि प्रकारका राज्य विद्रोहमा नउत्रने ठान्थे भने अर्कोतर्फ भौतिक सुख साधन नपाए पनि धर्मले मानसिक शान्ति प्रदान गर्ने भएकोले सामान्य जनताहरु पनि आफ्ना सबै अपुरो इच्छाहरु भौतिक संसारमा नभई अलौकिक संसारमा पुरा हुने बिश्वास लिई धर्मतर्फ आकर्षित भए । कुनै पनि नयाँ बिचार वा बाद फैलीनको लागी यो एकदमै राम्रो वातावरण थियो र बुद्ध धर्म बिस्तारै चिनको विभीन्न भागमा फैलीन थाल्यो ।

भाषाको बिकास समाजको बिकास संगै हुन्छ र कुनैपनि समाजमा यौटा नयाँ बिचार, वाद वा नयाँ चिजको प्रबेश संगै त्यसलाई व्यक्त गर्न नयाँ शव्दको पनि उत्पत्ती वा आयात हुन्छ । यो यौटा प्राकृतिक वा भाषिक जरुरत र नियम पनि हो । यसरी बुद्ध धर्म यौटा बिल्कुलै नयाँ सिद्धान्त र जीवन पद्दतीको रुपमा चीनमा प्रवेश गरेपछि चिनियाँ भाषाले भाषीक बाध्यताको रुपमा थुप्रै संस्कृत र पाली भाषाका शव्दहरु पनि सापटी लिनु पर्‍यो किनकी बाहिरी संसारबाट आएका ति नयाँ दर्शन र नयाँ सिद्धान्त व्यक्त गर्न त्यसो नगरी नहुने बाध्यता नै थियो ।

त्यसो त चिनियाँ भाषामा अंग्रेजी, जापानी , फ्रेन्च आदी भाषाबाट पनि शव्दहरु आएका छन तर ती सबैभन्दा भिन्न “बुद्ध धर्म शव्द” को चिनियाँ भाषाको इतिहासमा बिशिष्ट स्थान छ । “विदेशी शव्दको पहिलो बाढी” भएकोले मात्रै हैन यी शव्दहरुका आफ्ना बेग्लै बिशेषताका कारण यी शव्दहरु अन्य आयमेली शव्द भन्दा पृथक छन । यी शव्दहरुका बिशेषता बयान गर्नु अगाडि चिनियाँ भाषामा बिद्यमान संस्कृत को बारेमा केही प्रकाश पार्नु जरुरी छ ।

माथी भनेझै चिनियाँ भाषामा साच्चै नै सैयौंको संख्यामा संस्कृत र पाली भाषाका शव्दहरु छन, तर शाव्दीक संरचनाको आधारमा तीनलाई दुई भागमा बिभाजन गर्न सकिन्छ :

१) साधारण शव्द: यहाँ साधारण शव्द भन्नाले कुनै बिशेष अर्थ नभएका र साधारण संरचनाका शव्दहरु पर्दछन् । यसलाई अझ प्रष्ट पार्ने हो भने उखान टुक्का, युक्ति वा वाक्याशं बाहेकका एकल शव्द भनेर बुझ्नु पर्छ । जस्तै निर्वाण, ब्राम्हण, श्रमण, बुद्ध, क्षण, ध्यान, कर्म, भिक्षा, पूनर्जन्म आदी । यी शव्दहरु मध्य केहीलाई ती शव्दका ध्वनीको आधारमा चिनियाँकरण गरीएको छ भने केही शव्दहरु यी शव्दको अबधारणा लाई आधार बनाई नयाँ बनाईएका छन ।

माथी बताइएझै भिन्न परिवेश, फरक संस्कृति र लामो समयको अन्तरालले अपभ्रंश भए पनि ध्वनीको आधारमा चिनियाँकरण गरीएका शव्दहरु हालसम्म पनि बोलीचालिमा प्रयोग हुदां अझैपनि ती शव्दका मूल ध्वनीको आभास पाईन्छ जस्तै नेफान (निर्वाण), फोलोमन (ब्राम्हण), फोथो (बुद्ध), सान् ना (ध्यान) आदी। तर ध्वनीको आधारमा नभै धर्म संगै प्रवेश भएका अबधारणा लाई सिधै चिनियाँकरण गरीएका वा आधा मूल शव्द र आधा चिनियाँ शव्द राखेर प्रतिपादन गरीएका अधिकांश शव्दहरु भने तीनका मूल ध्वनी भन्दा निक्कै पृथक भैसकेका छन, जस्तै “यमराज”, जसलाई प्राचीन चिनियाँ भाषामा “यान मो लो” भनीन्थ्यो भने हाल यसलाई आधा मूल ध्वनी र आधा चिनियाँ शव्द प्रयोग गरेर “यान वाङ्ग” भनीन्छ । यहाँ “यान” यम को अपभ्रंशीत स्वरुप हो भने “वाङ्ग” शव्दले चिनियाँ भाषामा राजालाई जनाउँछ । त्यस्तै नीकु (भीक्षुनी), सान मई (समाधि), र युच्या कुङ्ग (योग) आदी यस प्रकारका अन्य शव्दहरु हुन ।

२) बिशेष शव्द: यहा बिशेष शव्द भन्नाले कुनै बिशेष अर्थ भएका वा उखान टुक्का, युक्ति वा वाक्याशं आदी पर्दछन । यस्ता बिशेष शव्दहरु प्रायः लामो हुने भएकाले हाल ती शव्दहरुले आफ्ना मौलीक ध्वनी गुमाई सकेका छन तर पनि यी शव्द वा वाक्याशंहरु बुद्ध धर्म संगै प्रवेश भएका यथेष्ट प्रमाणहरु चिनियाँ भाषाको इतिहासमा पाईन्छन । यस्ता शव्द वा वाक्याशंहरुमा “यथा बिजं तथा फलम” , “कर्म फल” , “स्वआनुभ” आदी पर्दछन । माथी उल्लेख भए जस्तै चिनियाँ भाषामा अंग्रेजी, जापानी , फ्रेन्च आदी भाषाबाट पनि शव्दहरु आएका छन तर समयको अन्तरालमा कतिपय शव्दहरु बिस्तारै मौलिक चिनियाँ शव्द द्वारा बिस्थापित भैसकेका छन जस्तै : “टेलीफोन” जसलाई पहिला अंग्रेजी बाट सोझै चिनीयाकरण गरी “दलैफङ” भनिन्थ्यो तर पछि चिनीया शब्द “तेन्ह्वा” बने पछी “दलैफङ” हराएर गयो। त्यस्तै गरी “माता” (motor को चिनीयाकरण) शब्द पनि “फा तुङची” भन्ने चिनीया शब्द बनेपछी प्रयोगमा आउन छाड्‍यो। तर संस्कृत भाषाबाट चिनियाँ भाषामा प्रवेश गरेका शव्दहरु भने अपभ्रश नै भए पनि इतिहास पर्यन्त हालसम्म प्रयोगमा आईरहेकै छन ।

संस्कृत भाषाबाट आएका शव्दहरु बाट ती सिमीत शव्दहरु बाहेक अन्य नयाँ शव्दहरु पनि उत्पन्न भएका छन र यिनै कारण हरुले गर्दा चिनियाँ भाषाको बिकास र चिनियाँ भाषाको इतिहासमा संस्कृत शव्दहरुको बिशेष योगदान र बिशिष्ट स्थान छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !