१० पुस २०८१, बुधबार

त्रिभुवन विमानस्थल माघ १५ देखि आठ घण्टा मात्र बन्द हुने


त्रिभुवन बिमानस्थल

काठमाडौं । आगामी माघ १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक आठ घण्टा मात्र बन्द हुने भएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समय घटाउने भएको हो ।

हाल त्रिभुवन विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुने गरेकोमा आगामी १५ माघदेखि बिहान ७ बजे खुलेपछि राति ११ बजे बन्द हुने भएको हो । आउँदो माघ १५ गतेदेखि बिहान–बेलुका एक/एक घण्टा निर्माणको समय घटाइने भएको हो ।

विभिन्न पूर्वाधार निर्माण गर्न २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन विमानस्थल आगामी १५ माघदेखि ८ घण्टामात्र बन्द हुनेछ । गएको कात्तिक २३ गतेदेखि ट्याक्सी वेलगायत संरचना निर्माणका निम्ति राति १० देखि बिहान ८ बजेसम्म १० घण्टा त्रिभुवन विमानस्थल बन्द गर्ने गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !