१२ श्रावण २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक सुरु, आज विधेयक प्रस्तुत हुँदै


BICC

१३ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा “संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५” प्रस्तुत गरिएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ती विधेयक बैठकसमक्ष प्रस्तुत गर्नुभएको हो ।

संविधानले नै परराष्ट्र नीति निर्देशित गरेको छ –परराष्ट्र मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको संविधानले नै नेपालको परराष्ट्र नीति निर्देशित गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदका प्रश्नको जवाफमा उहाँले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति नेपालले अवलम्बन गरेको छ भन्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धका आधारमा हालै प्रधानमन्त्रीबाट छिमेकी देश भारत र चीनको भ्रमण सम्पन्न गर्नुभएको जानकारी दिँदै भ्रमणका क्रममा भएका सहमति एवं सम्झौता कार्यान्वयनमा आएको बताउनुभयो ।

उहाँले नेपालको सीमा सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाल र भारतबीचका सीमा स्तम्भ मर्मत कार्य जारी रहेको जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका हक, हित तथा अधिकार सुरक्षित गर्न परराष्ट्र मन्त्रालय प्रतिबद्ध छ ।”

प्रवासमा काम गर्न गएकामध्ये दुर्घटनामा परी विभिन्न देशमा हाल २० जना नेपाली कोमामा रहेका र ३३५ कारागारमा रहेका जानकारी दिँदै उहाँले राजदूत नियुक्ति कार्य व्यवस्थित बनाइने जानकारीसमेत दिनुभयो ।

आर्थिक कूटनीतिलाई अझ व्यापक बनाउने र आर्थिक कूटनीतिमार्फत समृद्धि हासिल गरिने चर्चा गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले विदेशस्थित नेपाली राजदूतावासलाई आर्थिक कूटनीतिमा परिचालनसमेत गरिने र राहदानीलाई अझ व्यवस्थित गरिने बताउनुभयो । संसद् बैठक जारी छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !