११ बैशाख २०८१, मंगलबार

एभरेष्ट बैंक र लक्ष्मी बैंक लिमीटेड मर्जरको तयारीमा


EBl-Laxmi

२० वैशाख, काठमाण्डौ । बुधबार राष्ट्रिय वाणिज्य बैंकले एनआइडीसी डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार सुरुवात शुभारम्भ समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले देशको बजार अनुसार बैंकहरुको संख्या अझै अधिक रहेको उल्लेख गर्दै केन्द्रीय बैंकले पूँजीवृद्धि र मर्जरको नयाँ नीति ल्याउनसक्ने संकेत गरे । गभर्नरले नयाँ चुक्तापूँजीको सीमा तोक्ने र योसँगै बैंकको संख्या घटाउने उद्देश्यले नयाँ, तर कडा मर्जरको नीति ल्याउने संकेत गरिरहेकै समयमा एभरेष्ट बैंक र लक्ष्मी बैंक लिमीटेड मर्जरका लागि डिडिएको दौडधूपमा छन् ।

केही महिनाअघि यी दुई बैंकको मर्जरको हल्लाले बजार पिटेको थियो । तर, त्यसबेला यी दुई बैंकका ठूला सेयरहोल्डरहरुले सम्पति तथा दायित्वको मूल्याङ्कन(डिडिए) अगाडि नै सेयर स्वाप रेसियोमा मोलमोलाई गर्न खोज्दा त्यसबेलाको मर्जरको कुरा हल्लै हल्लामा सीमित भएको थियो ।

एकातिर गभर्नरले बैंकहरुको संख्या धेरै भए भनिरहँदा एभरेष्ट र लक्ष्मी बैंक भने राष्ट्रबैंकको संभावित नीति कार्यान्वयनका लागि अहिलेदेखि नै कस्सिएर लागिपरेका छन् । र, दुवै बैंकका भरपर्दा स्रोतहरुलाई आधार मान्ने हो भने योपटकको मर्जरको हल्ला केवल हल्ला मात्र होइन भन्ने देखिन्छ ।

मर्जरमा गएर १६ अर्ब बढी चुक्तापूँजी भएको पहिलो वाणिज्य बैंक बन्ने र बजारलाई डोमिनेन्ट गर्ने ठूलो उद्देश्यका साथ एभरेष्ट र लक्ष्मी बैंकको हाल डिडिए भइरहेको छ । एभरेष्ट बैंकमा २० प्रतिशत स्वामित्व रहेको पञ्जाब नेशनल बैंकको इच्छा अनुसार इन्टरनेशनल एकाउन्टेन्सी फर्म(इएनवाई) नामको कम्पनी र लक्ष्मी बैंकको तर्फबाट एक स्वदेशी कम्पनीले डिडिएको कामलाई तीव्र रुपमा अगाडि बढाएका छन् ।

 

जारी डिडिएको काम सकिएपछि दुवै बैंकबीच मर्जरको सम्झौता हुनेछ । त्यसपछि दुवैले विशेष साधारणसभा बोलाई मर्जरको प्रस्ताव पारित गर्नेछन् र नेपालकै धेरै पूँजी तथा व्यवसाय गर्नसक्ने बलियो बैंकको आधिकारिक स्थापना हुनेछ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !